घट्यो राजस्व असुली

५ बर्ष अगाडि

काठमाडौं - चालू आर्थिक वर्षको पुस महीनाको तुलनामा माघ महीनामा आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व असुली घटेको छ । 

कार्यालयका अनुसार गत पुस महीनामा राजस्वको सबै शिर्षकबाट कुल १ अर्ब ४९ करोड २४ लाख २६ हजार रुपियाँ असुली भएको थियो । तर माघ महीनामा १ अर्ब १४ करोड ९९ लाख ३४ हजार रुपियाँ मात्र असुली भएको छ । 

कार्यालयले सबैभन्दा बढी अन्तशुल्कबाट राजस्व असुली गर्दै आएको छ । पुस महीनामा अन्तशुल्क शिर्षकबाट कार्यालयले ८५ करोड ५९ लाख ७६ हजार रुपियाँ राजस्व असुली गरेको थियो । त्यस्तै माघ महीनामा ७३ करोड १८ लाख ३० हजार रुपियाँ मात्र राजस्व असुली गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया