काठमाडौं - पूर्व गृह मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले रुखबाट लडेर घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरेका छन् ।
गृह जिल्ला रुकुम पश्तिमको सानीभेरी गाउँपालिका वडा न ९ निवासी गंगा डागीको हेलिकप्टर उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरेका हुन् ।
डाँगी रुखबाट लडेर घाइते भएको जानकारी पाएपछि शर्माले घाइते डागीलाई उपचारका लागि हेलिकप्टरमाफृत नेपालगन्जको कोहलपुर मेडिकल कलेज पठाएको जनाएका छन् ।
आफू चौरजहारीको कार्यक्रमबाट फर्किँर्दै गर्दा शर्मालाई सिजन ओली र गोपाल शर्माले उक्त घटनाको बारे फोन गरेर जानकारी गराएपछि उनको उद्धार गरिएको शर्माले जनाएका छन्।
डागीको रुखबाट लडेर टाउकोमा गम्भिर चोट लागेको छ ।
प्रतिक्रिया