६ वर्षीया बालिकाको जबरजस्ती करणीमा ५२ वर्षिय पुरुष पक्राउ

५ बर्ष अगाडि

स्याङजामा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षिय पुरुष पक्राउ परेका छन् ।  

शनिबार दिउँसो जवजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा ५२ वर्षीय नामदेउ कुमाललाई आइतबार पक्राउ गरिएको हो ।

चापाकोट नगरपालिका बस्ने कुमालले बाख्रा चराउन गएकी ती नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । कुमाललाई करणी सम्बन्धी कसूर अन्तरगत मुद्धा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया