बिटक्वाइनको मूल्य अहिलेसम्मकै ऐतिहासिक, कति प्रतिशत वृद्धि ?

५ बर्ष अगाडि

काठमाडौं - बिटक्वाइनको मूल्य ५० हजार डलरको नजिक पुगेरको छ । आइतबार बिटक्वाइनले अहिलेसम्मकै उच्च रेकर्ड ४९ हजार ७१७ डलर ६६ सेन्टको मूल्य कायम गरेको थियो ।

सोमबार अहिलेसम्मको उच्च ऐतिहासिक मूल्यको नजिक पुगेर बिटक्वाइनको मूल्य वृद्धि रोकिएको हो । 

अहिले बिटक्वाइटले व्यापक बैधानिकता पाउँदै गइरहेको छ । यसै हप्ता बिटक्वाइनले २० प्रतिशतको वृद्धि हासिल गरेको छ । 

एक वर्षमै यो ६० प्रतिशतले बढेको हो । गत मार्चमा यसको मूल्य निकै तल झरेको थियो ।

वित्तीय क्षेत्रका ठूला खेलाडीहरुले शुद्ध लगानी गरिरहेका कारण यसको मूल्य निरन्तर बढिरहेको अनुसन्धानकर्ता बताउँछन् । 

बिटक्वाइन भनेको डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भन्ने गरिन्छ । यसको कुनै रङ वा भौतिक रुवरुप हुँदैन । 

यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया