सुन सहित एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं -  सुनसहित एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट करिब ६ सय ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ परेका हुन् । 

काभ्रेपलान्चोक घर भएका ३१ वर्षीय राजिब लामालाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुबईबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा ब्यागभित्र लाईटमा उक्त धातु फेला परेको प्रहरीले जनाएको छ । 

साथै उनलाई लिन आएका अन्य ३ जनालाई समेत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया