निर्धन उत्थान लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको आह्वान गरेको छ । संस्थाले फागुन २५ गते २२ औं वार्षिक साधारण सभा बोलाएको हो ।

गएको माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्न उक्त दिन सभा गर्ने निर्णय गरेको छ। 

यस वर्ष कम्पनीले कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया