काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गर्दै कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५र०७६ को वासलात, नाफा/नोक्सान हिसाब, आयव्ययहिसाब तथा नगदप्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण स्वीकृत गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०७६र०७७ को लेखा परीक्षण कार्यका लागि पुनः लेखा परीक्षक देवकी विजय एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया