काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनीले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको हो ।
कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले विना लाभांश वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि बीमा समितिमा पेश गरेको जानकारी गराएको छ ।
बैठकले वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया