एजेन्सी - कोरोनाविरुद्धको खोप लगाएका कारण पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे रोड्रिग्वेजले राजीनामा दिएकी छिन् ।
बीबीसीको अनुसार देशमा कोरोनाविरुद्धको सरकारी खोप अभियान सन्चालन हुनुपूर्व नै उनले कोरोनाको खोप लगाएपछि पदबाट राजीनामा दिनुपरेको हो ।
देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो ।
उनले आइतबार आफूले सरकारी खोप अभियान सुरुवात हुन पहिल्यै कोरोना खोप लगाए स्वीकार गरेकी थिइन् ।
प्रतिक्रिया