नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं-  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (सोमवार) अन्तिम दिन रहेको छ । माघ १३ गतेदेखि विक्री खुला भएको कम्पनीले चुक्तापूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।

कम्पनीले शेयरधनीका लागि १ कित्ता शेयर बराबर १ एक कित्ता शेयरको अनुपातमा प्रतिशेयर रू. १०० दरको रू. ६ करोड ५६ लाख १६ हजार ९०० बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २९ गते बुकक्लोज गरेको थियो । 

कम्पनीको हकप्रदलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर सिंगल सी’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने जनाउँछ ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आवेदकले विक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस २० गते अनुमति पाएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया