काठमाडौं - नेपाल बंगलादेश बैंक लिमिटेडले नगद लाभांश आफ्नो सेयरधनीहरुको खाताका जम्मा गरेको छ ।
पुस २६ गते सम्पन्न भएको बैंकको २६औं साधारण सभाबाट पारित भएको उक्त लाभांश सेयरधनीको खातामा जम्मा गरिएको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट २।४२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएका सेयरधनीको खातामा जम्मा गरेको छ ।
आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनपनि बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया