७ सय प्रतिशतले बढ्यो किसान लघुवित्तको नाफा

५ बर्ष अगाडि

किसान लघुवित्त कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनीक गरेको छ । 

उक्त विवरण अनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमासको खुद नाफा ७३१।१७ प्रतिशतले बढाएको छ  ।

कम्पनीले यस अघि सोही अवधीमा ४४ लाख ७६ हजार खुद नाफा आर्जन गरेको थियो । 

त्यस्तै, संस्थाको सञ्चालन मुनाफा पनि ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अघि सोही अवधीमा कम्पनीको  सञ्चालन मुनाफा २४ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले १७ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ८९ लाख रुपैयाँमा सीमित थियो। 

यस कम्पनीको चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको भने रिजर्भ ११७७.४५ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँ पुगेको छ । 

चुक्तापुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार गत वर्षको तुलनामा ११७७.४५ प्रतिशतले बढेर १० करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८४ लाख ६१ हजार रुपैयाँमा सीमित थियो। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया