प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न

५ बर्ष अगाडि

काठमाडौं- प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । बैंकले प्रतिएकाई १ हजार रुपैयाँको दरमा ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ ।

 बैंकको १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर पाइनेछ ।  यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया