एक पुरुषमाथि बलात्कार गर्ने २ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - झापामा शनिबार दुई पुरुषले एक पुरुषमाथि बलात्कार गरेका छन् । 

झापा प्रहरीका अनुसार कनकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुषले जबरजस्ती यौन क्रियाकलाप गरी एक पुरुषलाई घाइते बनाएका हुन् । 

घटना शनिबार बेलुकी ७ बजेतिरको बताइएको छ । कनकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टुडुले कनकाई–७ का ३० वर्षीय पुरुषलाई खोला किनारमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवक घाइते रहेको र उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै बलात्कारमा संलग्न दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया