नेपालमा फेरी अर्को बाघ आक्रमण, एक महिलाको ज्यान गयो

५ बर्ष अगाडि

नेपालमा फेरी बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

कैलालीको गौरीगंगा नगरपालिका अन्डैयामा पाटेबाघले आक्रमणबाट  २६ वर्षीया कला धामीको मृत्यु भएको हो ।

नजिकैको सामुदायिक वनमा घाँस काट्न गएकी उनलाई बाघले आक्रमण गरेको हो ।

उनको शव घाँस काट्न गएको ठाँउ भन्दा केही पर भेटिएको थियो । 

यसअघि गत शुक्रबार बिहान पनि कैलालीको कैलारी गाउँपालिकामा बाघको आक्रमणबाट एकजना घाइते भएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया