काठमाडौं- इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपैयाँ खर्चिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्ने भन्दै चालु आर्थिक वर्षको आफ्नो बजेटमा १ अर्ब रुपैयाँ छुट्याएको हो ।
प्रविधि पत्रकार मञ्च ले आयोजना गरेको ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ विषयक भर्चुअल कार्यक्रममा प्राधिकरणका निर्देशकले बताए ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान का पूर्वअध्यक्ष दिलीप अग्रवालले इन्टरनेट सामग्री फिल्टरिङ वा नियन्त्रण गर्ने विषयमा सरकार नै स्पष्ट हुन नसकेको आरोप लगाए का छन् ।
कन्टेन्ट फिल्टरिङमा प्राविधिक सीमितता रहेको उल्लेख गर्दै अग्रवालले अहिले पनि सरकारले अश्लील सामग्री भएका सयौं साइट ब्लक गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको बताए ।
सरकारले यस्तो प्रविधिमा लगानी गर्नुभन्दा पहिला फिल्टरिङ के हो र यो सम्भव छ कि छैन भन्नेमा प्रस्ट हुन आवश्यक रहेको नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स०)का बोर्ड सदस्य इन्डिभर बडालले बताए । सरकारले अहिले अश्लील साइट सेवा प्रदायकमार्फत बन्द गराइरहेको भए पनि इन्टरनेट सामग्री फिल्टर गर्ने प्रविधि निकै खर्चिलो हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया