८०० हेक्टर घाँसे मैदान व्यवस्थापन

५ बर्ष अगाडि

काठमाडौं- विसं २०७० मा बाघ गणनाबाट १९८ भएको बाघको सङ्ख्या २०७५ को बाघ गणनामा २३५ पुगेको छ । घडियालगोही, सालक, फिजेन्ट, हाब्रे, सोंस, कस्तुरी मृग, सारस, लाटोकोसेरो, अर्ना, गौरीगाई गरी १० वटा वन्यजन्तु प्रजातिको संरक्षण योजना स्वीकृत गरिएको  वातावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश लम्सालले

विभिन्न निकुञ्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रको व्यवस्थापन योजना स्वीकृत गर्नुका साथै पर्सा, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज तथा कोशी टप्पू वन्यजन्तु आरक्षमा उद्धार केन्द्रको स्थापना भएको छ । वन्यजन्तुको वासस्थान सुधारका लागि संरक्षित क्षेत्रमा तीन हजार ८४५ हेक्टर घाँसे मैदान व्यवस्थापन, ७९३ वन्यजन्तु पानी पोखरी निर्माण गरिएको प्रगति विवरणमा उल्लेख छ ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन लागि ३९ किमी तारबार तथा १२५ किमी सोलार फेन्स निर्माण गरिएको साथै २० हजार ६१४ घटनाका लागि रु २९ करोड ८७ लाख ८६ हजार ७०८ राहत रकम उपलब्ध गराइएको छ । संरक्षित क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धनका लागि ५४४ किमी वनपथ तथा गोरेटो बाटो निर्माण र एक हजार ४७३ किमीमर्मत, ६३ पर्यटकीय विश्रामस्थल, ५४ मचान तथा ७७ काठे पुल निर्माण तथा मर्मत गरिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया