सरकारले तीन वर्षमा वन तथा वातावरण क्षेत्रमा १२ आयोजना परियोजनामार्फत १२२ दशमलव २३६ मिलियन डलरको कार्यक्रम सञ्चालनमा छ भने पोल्याण्डमा आयोजित जलवायु परिवर्तन सम्बन्धी महासन्धिको २४औँ पक्ष राष्ट्रको सम्मेलनमा राष्ट्रपतिबाट सम्बोधन भएको थियो ।
यस्तै चीन सरकारलाई उपहारस्वरुप दुई जोडी गैँडा उपलब्ध गराएको, जैविक विविधता तथा आनुवंशिक स्रोतको अधिकार सम्बन्धी नागोया अभिसन्धिमा नेपालले सम्मिलन भई पक्ष राष्ट्र पनि यही अवधिमा भएको छ । नीतिगत क्षेत्रमा यस अवधिमा राष्ट्रिय वन नीति, २०७५, राष्ट्रिय वातावरण नीति, २०७६ र राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६ स्वीकृत भई कार्यान्वयनमा आएको छ ।
वन ऐन, २०७६, वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७६, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६, नेपाल वन निगम लिमिटेड नियमावली, २०७६ स्वीकृत भई कार्यन्वयनमा आएको छ । साथै सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७६ को पहिलो संशोधन भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया