घुस रकम सहित ४ सरकारी कर्मचारी पक्राउ

५ बर्ष अगाडि

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जना घुस रकमसहित पक्राउ परेका हुन् ।

घुस लिएको रकम बोकेर रोल्पाबाट बुटवल तर्फ जाँदै गरेको अवस्थामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद १ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१-००- झ ५३१८ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व(पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको हो ।

घुस रकम सहित बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कर्लयाका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया