अवैध काठसहित तीनजना पक्राउ

५ बर्ष अगाडि

सुर्खेतमा प्रहरीले अवैध काठसहित तीनजनालाई पक्राउ गरेको छ । 

भेरीगंगा नगरपालिका – ११ रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

साधीखोलाबाट रामघाटतर्फ आउँदै गरेको भे १ त ७४५० नम्बरको ट्याक्टरमा अवैधरुपमा ल्याउँदै गरेको सालको चिरान ६५ थान (कडी) ५०.५५ क्यूफिट काठ र ट्याक्टर चालक लेकवेशी नगरपालिका – ७, का २१ वर्षीय देव चर्ती, ट्याक्टर साहु भेरीगंगा नगरपालिका – ११ का ४६ वर्षीय कणर्बहादुर घर्ती र काठ मालिक सोही ठाउँका २९ वर्षीय पुष्प आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया