काठमाडौं- केरूङ नाका तत्काल खुला गर्नुपर्ने भन्दै नेपाली कांग्रेसले आवश्यक पहल गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केरूङ नाकामा आयात/निर्यात सहज तुल्याउन तत्कालै नाका खुल्नका लागि सरकारसँग माग गरेका हुन् ।
‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तरराष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ उनले भनेका छन्, ‘तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवासायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’
‘०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ ओटा कन्टेनरले मात्र प्रवेश पाउँदा १ हजार ५०० भन्दा बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया