नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं-  नेपाल इन्भेष्टमेन्ट बैंकले जारी गरेको ऋणपत्रमा आवेदन दिने आज (फागुन २)अन्तिम दिन रहेको छ । बैंकले  गत माघ १६ गतेदेखि रु. १००० अंकित मूल्यका कुल रु. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

बैंकले ८.५ प्रतिशत व्याजदर भएको ऋणपत्र छिटोमा माघ २० गते आवेदन बन्द हुने भनेको भएपनि उक्त समयसम्म माग अनुसार आवेदन नगपरेपछि माघ ३० गतेसम्म आवेदनको समय थप गरिएको थियो । तर, ३० गते सार्वजनिक विदा परेकाले फागुन २ गते बैंकिङ्ग समयभित्र ऋणपत्रमा आवेदन दिन सकिने छ । 

ऋणपत्र खरिदका लागि कम्तिमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । 

बैंकको कुल ऋणपत्र निष्कासनमध्ये रु २ अर्ब ४० करोड बराबरको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेको छ । ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि व्यवस्था गरेको थियो । बाँकी १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न लागेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया