पुँजी बजार सुधारको माग गर्दै तिलकद्धारा आमरण अनसन सुरु

५ बर्ष अगाडि

काठमाडौं - सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु गरेका छन् । 

पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आज विहानबाट सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि अनसन शुरु गरेका हुन् ।

पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उनले बताए । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको उनको भनाई छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया