पशुपतिनाथमा पहिलो चरणको ६१ किलो सुन आइपुग्यो

५ बर्ष अगाडि

पशुपतिनाथमा बनाउन लागिएको सुनको जलहरी राख्न ६१ केजी सुन आइपुगेको छ । जलहरीका लागि पहिलो चरणको ६१ किलो सुन पशुपति क्षेत्र विकास कोषमा आई पुगेको हो । 

गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले  पशुपतिनाथको स्तरोन्नतिका लागी ३० करोड रुपैयाँ दिने घोषणा गरेपछि सुनको जलहरी बनाउन लागेको कोषले जानकारी दिएको छ । 

जलहरीका लागी १ सय ८ किलो  सुन चाहिने भएकाले पहिलो चरणको ६१ किलो सुन आएको र दोस्रो चरणको सुन आएपछि काम सुरु गरिने कोषले जनाएको छ । यद्यपि महाशिवरात्रि भन्दा पहिले नै जलहरी राख्ने कोषको योजना रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया