भागरथी हत्या : भीरकट्यामा अड्किएको अनुसन्धान

५ बर्ष अगाडि

काठमाडौं - बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ । 

भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 
उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भीरकट्याको भीरमा खाएको खोलेको छ । भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएको पनि प्रहरीले जनाएको छ । 

त्यतिबेला दुई जना थिएको र दुवै भीरकट्याको भीरबाट छुट्टिएको बताइएको छ ।  तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको बताइएको छ । 

भीरकट्याबाट घटनास्थल झण्डै दुई किलोमिटर दुरीमा छ । त्यसदिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ ।

उनको शवनजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो । प्रहरीको तालिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया