काठमाडौं - काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भएपनि वर्षामा १५ करोड लिटर र हिउँदमा ८ करोड लिटरमात्र आपुर्ति हुने गरेको छ ।
उपत्यकामा आपुर्ति हुने खानेपानीको मात्र माग करिब १८ प्रतिशत मात्र हो । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड जानाएको छ ।
वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए ।
मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले लिमिटेडका कर्मचारीलाई निर्देशन दिए । मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उनले लिमिटेडलाई सचेत गराए ।
मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान समृत गरे ।
मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने उनको भनाइ थियो ।
प्रतिक्रिया