काठमाडौं - हीरक आरोहण तीर्थराज न्यौपाने नामक पुस्तकको आज विमोचन गरिएको छ । पुस्तकको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एक समारोहका बीच विमोचन गरेका हुन् ।
न्यौपाने ७६ वर्ष प्रवेश गरेको अवसरमा पुस्तक प्रकाशन गरिएको हो । पुस्तकमा न्यौपानेका बारेमा ४० जना लेखकले लेखेका लेख समावेश गरिएको छ ।
एक सय ३६ पृष्ठको सो पुस्तकमा न्यौपानेको बल्यकालदेखि अहिलेसम्मको जीवनी समेटिएको छ । जीवनको लामो समय स्काउटमा बिताएका न्यौपानेको जीवन सङ्घर्ष र स्काउट सेवाका विषयमा अन्तरराष्ट्रिय व्यक्तिले गरेको बयानसमेत पुस्तकमा समावेश गरिएको छ ।
जीवन परक रहेको सो पुस्तकको विमोचन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी भट्टराईले विश्व परिवेश सुहाउँदो नागरिक उत्पादनमा न्यौपानेको भूमिका महत्वपूर्ण रहेको बताए । स्काउटमा लागेर समाज परिवर्तनमा लागेका न्यौपानेको जीवनीले समाज परिवर्तमा योगदान पुग्ने उनको भनाइ थियो ।
स्काउटका माध्यमबाट समाजमा न्यौपानेले खेल्नुभएको भूमिकाका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वसांसद जग्गनाथ पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, शिक्षाविद् रमाकान्त सापकोटा, पुस्तकका सम्पादक केदारनाथ खनाल, साहित्यकार गोविन्दराज विनोदी, परिवारका तर्फबाट भीष्मराज न्यौपानेलगायतले उनको विषयमा बोलेका थिए ।
प्रतिक्रिया