मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकल सहित ट्राफिक महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलाल तामाङ्ग रहेको प्रहरीले जनाएको छ । 

पक्राउ गरि तीनै जना माथि अनुसन्धान एवम् सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिए । 

मोटरसाईकल चोरीका सूचनाहरु प्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया