बेलायतको अर्थतन्त्रमा तीन सय वर्ष यताकै सबैभन्दा बढी कमजोर

५ बर्ष अगाडि

एजेन्सी - कोरोनाले महामारीले सबभन्दा धेरै प्रभाव पारेर अर्थतन्त्रमा गिरावट आएका देश मध्ये एउटा देश देश हो बेलायत । 

यस कारण बेलायती अर्थतन्त्र तीन सय वर्षमा सबैभन्दा बढी कमजोर हुन पुगेको छ । संसारकै धनी र औद्योगिक मुलुकमध्येको एक बेलायतको अर्थतन्त्रमा ठूलो गिरावट आएको हो ।

अघिल्लो वर्ष त्यहाँको अर्थतन्त्रमा ९।९ प्रतिशत गिरावट आएको थियो । महामारीले बेलायतका अधिकांश पसल, रेस्टुराँ बन्द भएका थिए । यसका साथै, महामारीले यात्रा, पर्यटनजस्ता गतिविधि ठप्प हुन पुगेको थियो ।

सरकारले २०२० मा आएको गिरावट विश्व आर्थिक सङ्कटका कारण २००९ मा आएको गिगावाटभन्दा दुई गुना बढी भएको शुक्रबार जनाएको छ । २०२० को गिरावट सन् १७०९ पछिको सबैभन्दा ठूलो हो ।

२०२० मा फ्रान्सको जीडीपीमा ८.३ प्रतिशत, अमेरिकाको ३.५ प्रतिशत र जर्मनीको अर्थतन्त्रमा पाँच प्रतिशत गिरावट आएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया