प्रदेश १ मा ताप्लेजुङ बाहेक १० लाख ९६ हजार बढिले गरे स्वास्थ्य बिमा

५ बर्ष अगाडि

काठमाडौं - प्रदेश १ मा १० लाख बढिले स्वस्थय बिमा गरेका गरेका छन् । प्रदेश एकको १४ जिल्ला मध्ये १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका हुन् । 

१४ जिल्लामध्ये ताप्लेजुङमा भने यो कार्यक्रम लागू भइसकेको छैन । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ ।

स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयले जनाएको छ । बोर्डले प्रदेशका हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्योपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्य संस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।

झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २ सय ६७ र तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७ सय ३ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेश १ मा सबैभन्दा पहिले २०७३ असार १५ मा इलाममा यो कार्यक्रम लागू भएको हो ।

इलाममा ९७ हजार १ सय ५६ बिमित सदस्य छन् । सोलखुम्बुमा बिमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बिमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा ६ हजार ७ सय ३७ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

सबैजसो जिल्लामा बिमित सदस्यमध्ये महिला बढी छन् । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेपछि स्वास्थ्य बिमा परिचयपत्र दिइन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया