कस्तो रहला आजको मौसम ?

५ बर्ष अगाडि

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज बिहाननैदेखि देशका अधिकांश स्थानमा मौसम बदली भाइरहेको छ । आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाले जनाएको छ ।

विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा अन्य भूभागमा वर्षाको सम्भावना रहेको छ । दिनभर धेरैजसो स्थानको मौसम बदली रहनेछ । साथै आकाश धुम्म हुने महाशाखाले जनाएको छ ।

प्रदेश १ का केही स्थानमा दिउँसो हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाले जनाएको छ । त्यस्तै, पूर्वि तराईमा हुस्सु र शीतलहर चल्ने जनाएको छ ।

त्यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा आज राति पनि हल्का वर्षा हुने जनाएको छ । अन्य भूभागमा भने सामान्य बदली हुनेछ ।

काठमाडौं उपत्यकाको मौसम आंशिक बदली भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया