अब नेपाल सरकारले कटौती भएका महत्वपूर्ण चाडपर्वका बिदा फेरि दिन शुरु गर्ने जनाएको छ ।
आदिवासी, जनजातिका माघी, ल्होसारलगायतका चाडपर्वका बिदा पुनः दिइने गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।
उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया