साधारणसभाबाट गरिमा विकास बैंकको लाभांश पारित भएको छ ।
बैंकको हिजो बसेको साधारणसभाले १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं पारित गरेको हो ।
अब बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ ।
त्यस्तै, साधारणसभा सम्पन्न भए पश्चात बसेको बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा। आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन्
प्रतिक्रिया