१६ लाख बराबरको अवैध सुनचाँदीसहित २ जना पक्राउ

५ बर्ष अगाडि

दाङमा अवैध सुनचाँदीसहित २ जना पक्राउ परेका छन् । घोराही उप–महागरपालिका ३ गोग्ली बाट करिब १६ लाख ६९ हजार ९१३ मुल्य बराबरको अवैध सुनचाँदीसहित दुई जना युवा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा तुलसीपुर १७ बनकट्टा घर भई हाल घोराही १५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ बर्षीय प्रकाश डाँगी र भारत उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई हाल डाँगीको डेरामा बस्ने  ३५ वर्षीय  पंकज कुमार गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय  दाङले जनाएको छन् ।  

उनको साथबाट सुनका ४ वटा बाला तौल २०८ दशमलव ३२, ९ दुई सय आठ ग्राम, ३२ मिलिग्राम  करिब १६ लाख ६९ हजार ९१३ बराबरको रहेको समेत उनले जानकारी दिए।

त्यस्तै गुप्ताको साथबाट १ किलो पाँच सय पन्ध्र ग्राम, ०३६ मिलिग्राम चाँदीका पाउजु  बरामत भएको छ। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया