आफ्नो कोठामा बोलाएर १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेका छन् ।
धनुषाको लक्ष्मीनियाँकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक र युवकलाई सघाएको आरोपमा एक महिलालाई पक्राउ परेका हुन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरमालिककी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई आफ्नो कोठामा बोलाएको र शम्भु भन्ने ओमनारायण यादवले पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।
खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिनादेखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जबरजस्ती करणीमा सघाएको पाइएको छ।
जबरजस्ती करणीबाट बालिका गर्भवती भएकी छिन् । बालिका गर्भवती भएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए।
प्रतिक्रिया