काठमाडौं - कर्णाली प्रदेशकै सबैभन्दा ठूलो नगर पार्क निर्माण चामुण्डाविन्द्रासैनीमा निर्माणाधिन छन् । दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कको तीन किलोमिटरको पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ ।
पार्कको वरिपरि केतुकी, भित्री भागमा कुइयाँसी, गुलाब रोपिएको छ । पार्कलाई नेपालकै मौलिक जैविक पार्कका रूपमा निर्माण गर्ने लागेको नगर प्रमुख शाहीले बताए । उनले भने, “सांस्कृतिक आस्थालाई पनि पर्यटक भित्र्याउने उद्देश्यले एक हजार ५२० किलोग्रामको घण्ट र स्थानीय कालीगढबाट नौ फिट अग्ला तरबार बनाइएका छौं, चालु आवमा सङ्ग्रहालय बनाउने काम सम्पन्न लागि लागिपरेका छौँ ।”
त्यसैगरि १५ श्ययाको अस्पताल स्वीकृत भई भर्खरै रु एक करोडको बोलपत्र आह्वान गरिएको छ । स्वास्थ्य क्षेत्रमा १५ श्ययाको अस्पतालको घोषणा गरेका थियौँ त्यो पूरा भएको छ ।
हामीले खानेपानीका क्षेत्रमा मुझुवा खानेपानीका अलावा कर्णाली प्रदेशकै ठूलो लिफ्ट खानेपानी आयोजना शुरु गरिएको छ । सो आयोजनामा केही दिन अगाडि नगरपालिकाले खरिद ऐनविपरीत गई आफन्तलाई ठेक्कापट्टा दिएको आरोपसमेत नगरपालिकाले खेप्नुपरेको छ ।
प्रतिक्रिया