प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरा नै ठाउँमा सर्ने

५ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको छ । कार्यालय सिंहदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको हो ।

विनाशकारी महाभूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय पुन सार्ने तयारी भएको छ ।

सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । 

उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया