मानुषी लघुवित्त घाटामा, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं-  मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघवित्त घाटामा रहेको छ । 

चालु आवको पुसमसान्तसम्म लघुवित्तले रु. ४६ लाख ५५ हजार बराबरको घाटा व्यहोरेको छ । गत आवको सोही अवधीसम्म लघुवित्तले रु.४९ लाख २३ हजार बराबरको खुद नाफा कमाएको थियो । 

समीक्षा अवधीसम्म लघुवित्तले रु. ३ करोड ८३ लाख ९८ हजार बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधीको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी रु. ४ लाख २० हजार बराबरले बढी हो । गत आवको सोही अवधीसम्म लघुवित्तले रु. ३ करोड ८८ लाख १८ हजार बराबरको खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधीसम्म लघुवित्तले रु.५९ करोड ८६ लाख ९४ हजार बराबरको निक्षेप संलकन गरेको छ । गत आवको सोही अवधीसम्म लघुवित्तले रु. ५० करोड ९९ लाख ५१ हजार बराबरको निक्षेप संकलन गरेको थियो । लघुवित्तको निक्षेप संकलन गत आवको तुलनामा १७ प्रतिशतले बढी हो । साथै, चालु आवको पुस मसान्त सम्म लघुवित्तले रु. ८७ करोड ५५ लाख ९६ हजार बराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधीसम्म लघुवित्तको चुक्ताँ पुँजी ७ करोड रहेको छ । सोही अवधीसम्म लघुवित्तले रु.१ करोड ७६ लाख रकम जगेडा कोष सञ्चित रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया