एनसीसी बैंकको कुन कर्जामा कति ब्याजदर ?

५ बर्ष अगाडि

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कर्जा तर्फ आधारदरमा नँया ब्याजदर निर्धारण गरेको छ । बैकले फागुन १ गते देखि लागु हुने गरि आधारदरमा न्युनतम  २ प्रतिशत देखी ५ प्रतिशत सम्म ब्याज निर्धारण गरेको हो । बैकको आधारदर  ७.९४  प्रतिशत रहेको छ । 

जसमा ओभरड्राफमा ५ प्रतिशत, क्यास क्रेडिटमा ५ प्रतिशत, ट्रिम लोनमा ५द प्रतिशत, एक्सपोर्ट लोनमा २ प्रतिशत , ट्रस्ट रिसिप्ट लोनमा २ प्रतिशत ,  डिमाण्ड÷सर्ट ट्रम लोनमा ५ प्रतिशत, डिप्राईभेट सेक्टरमा संस्थाका लागि ३ प्रतिशत र अन्यका लागि ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 
बैंकलै लोन एगेन्स्ट सेयरमा ५ प्रतिशत, ब्यक्तिगत लोनमा ५ प्रतिशत, एनसीसी घर कर्जामा ५ बर्षका लागी ५ प्रतिशत, ५ बर्ष देखी १० बर्ष सम्मको कर्जामा ५ प्रतिशत, र १० बर्ष भन्दा माथीको कर्जामा ५ प्रतिशत ब्याज लिनेछ ।

यस्तै कमर्शियल हायर पर्चेज लोनमा ५ प्रतिशत ,एनसीसी भेइकल लोन ४  प्रतिशत, एनसीसी शिक्षा लोनमा ५ प्रतिशत, एनसीसी प्रोफेसनल लोनमा ५ प्रतिशत, एनसीसी कृषी तथा लघु उद्यमी कर्जामा ५ प्रतिशत , एनसीसी सरल कर्जा ५ प्रतिशत, एनसीसी बिदेशी रोजगार लोनमा ३ प्रतिशत, एनसीसी साना  कृषि लाोनमा ३ प्रतिशत, एनसीसी साना ब्यबसाय लोनमा ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

यस्तै बैंकले क्रेडिट सुविधा अन्तरगर्त आधारदरमा न्युनतम ५ बर्ष देखी १० बर्ष सम्म ९ प्रतिशत देखी ११ प्रतिशत   सम्म ब्याज निर्धारण गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया