काठमाडौं - गुल्मी रुरुक्षेत्र गाउँपालिकास्थित नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक द्रोर्णचाय ज्ञवालीललाई ठगीको आरोपमा पख मुक्त गरिएको छ ।
सञ्चालक समितिले गठन गरेको छानबिन समितिले माघ ७ गते बुुझाएको प्रतिवेदनमा यस्तो ठगी भएको उल्लेख गरिएको हो ।
उनले ऋणीहरुले बुझाउनु पर्ने रकम आफ्नै खातामा मगाउने र सहकारी संस्थाको खातामा नबुझाई आफैँले रकम हिनामिना गर्ने गरेका
खुलाशा भएको छ ।
ज्ञवालीले हालसडेढ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । छानविन समितिको सिफारिस अनुसार सञ्चालक समितिले माघ ७ गते उनलाई पदमुक्त गरि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
ज्ञवालीले वर्षौं अघिदेखि यस्तो ठगी गर्दै आएका थिए । अघिल्लो वर्षदेखि सफ्टवेयर सिस्टमबाट कारोबार गर्न सुरु गरेपछि सो कर्तुत खुलासा हुन थालेको हो ।
प्रतिक्रिया