नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ग्राहकका लागि नँया ब्याजदर दिने भएको छ । बैकले फागुन १ गते देखि लागु हुने गरि आफना ग्राहकका लागी न्युनतम २.५० प्रतिशत देखि ५ प्रतिशत सम्म ब्याजदर दिने भएको हो ।
जसमा बैंकले एनसीसी सेभिङ प्लस खातामा ३ प्रतिशत , नमैल सेभिङमा ३ प्रतिशत , महिला शुरक्षा बचत खातामा ५ प्रतिशत , बाल सुरक्षा बचत खातामा ३ प्रतिशत , जेष्ठ नागरिक सुरक्षा बचत खातामा ३ प्रतिशत , शेरधनि बचत खातामा ३ प्रतिशत ब्याज दिनेछ ।
यस्तै कर्मचारी बचत खातामा ५ प्रतिशत, शुभ लाभ बचत खातामा ३ प्रतिशत, शुभ लाभ प्लस बचत खातामा ५ प्रतिशत, एनसीसी उत्सब बचत खातामा ५ प्रतिशत, नेपाली नागरीक बचत खातामा ५ प्रतिशत, छोरी सुरक्षा बचत खाता (कर्णाली)मा ५ प्रतिशत, युएसडी सेभिङ खातामा ५ प्रतिशत ब्याज दिनेछ ।
खाताका बिभिन्न प्रकार अनुसार न्युनतम १०० रुँयैया देखि १ हजार सम्म ब्यालेन्स हुन पर्ने छ ।
यस्तै बैंकले संस्थागत मुद्धती निक्षेप खातामा न्युन्तम ६ प्रतिशत देखि ७.१० प्रतिशत सम्म ब्याज दिने छ । जसमा ३ महिना देखी ६ महिना सम्म ६ प्रतिशत, ६ देखी १ बर्ष सम्म ६.५० प्रतिशत र १ बर्ष देखी बढी समयका लागी ७ प्रतिशत ब्याज तोकेको छ ।
बैंकले ब्यक्तिगत मुद्दति खातामा न्युनतम ६.२५ प्रतिशत देखी ८ प्रतिशत सम्म ब्याज दिने भएको छ । ३ महिना देखी १ बर्ष सम्मको मुद्दति खातामा ६.२५ प्रतिशत, १ बर्ष भन्दा माथी १८ महिना सम्मको मुद्दति खातामा ७ प्रतिशत, १८ महिना देखी २ बर्षको मुद्दति खातामा ७.५० प्रतीशत र २ बर्ष भन्दा माथिको खातामा ८ प्रतिशत ब्याज दिने बैंकले सार्वजनिक गरेको विज्ञापनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया