शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तिय विरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको सोही अवधिको तुलनामा गत आवको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीले पुस मसान्तसम्म ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
१ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५ रुपैयाँ १३ पैसा रहेको छ भने जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया