काठमाडौं – मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १६ करोड ३३ लाख ९१ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. १२ करोड ७४ लाख ८४ हजार खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले यो ६ महिनमा २ अर्ब ५३ करोड ५० लाख ३९ हजार कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको बीमाशुल्क संकलन पनि बढेको छ । गत आवको सोही अवधीमा कम्पनीले रु. २ अर्ब ३४ करोड ८३ लाख कुल बीमाशुल्क संकलन गरेको थियो ।
प्रतिक्रिया