काठमाडौं – नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलिदेखि लागु हुेृ गरी निक्षेप तथा कर्जाका लागि नयाँ ब्याजदर घोषणा गरेको हो ।
बैंक अनुसार बचत खातामा न्युनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत ब्याजदर तय गरिएको छ । यस्तै, बैंकको सरल बचतमा २.७५ प्रतिशत, समृद्धि बचत खातामा २.७५ प्रतिशत, एनिभ्रसरी बचत खातामा ३ प्रतिशत र कर्मचारी बचत खातामा ४ प्रतिशत ब्याजदर तय गरेको छ ।
यसैगरि मुद्दति खातामा बैंकले व्यक्तिगत तर्फ ६ देखि ७.७५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । बैंकले व्यक्तिगत मुद्दति खातामा ३ देखि ६ महिनाका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्षका लागि ६.७५ प्रतिशत, १ वर्षदेखि २ वर्षका लागि ७.२५ प्रतिशत र २ वर्षमाथिका लागि ७.७५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । साथै, मुद्दति खातामा संस्थागत तर्फ ६ प्रतिशतदेखि ७.१० प्रतिशत ब्याजदर तय गरेको छ ।
बैंकले संस्थागत मुद्दति खातामा ३ देखि ६ महिनसम्मका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.५० प्रतिशत र १ वर्ष र सोभन्दा बढी समयका लागि ७ प्रतिशत ब्याजदर तय गरेको छ ।
यसैगरी बैंकले कर्जा तर्फ आधारदरमा न्यूनतम ०.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको आधार रेट ८ प्रतिशत रहेको छ । सोही आधारदरमा तोकिएको प्रिमियम थप गरेर व्याजदर निर्धारण गरिने बैंकको भनाइ छ ।
यस्तै बैंकले स्थिर ब्याजदरमा न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम १२.९९ प्रतिशत ब्याजदर दिने तय गरेको छ । बैंकले सवारी कर्जाका लागि ५ वर्षसम्म ९.९९ प्रतिशत ब्याजदर र ५ वर्षमाथिका लािग १०.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले घर कर्जातर्फ ५ बर्षका लागि ९.९९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.९९ प्रतिशत र १० देखि २० वर्षका लागि ११.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने शिक्षा कर्जाका लागि ५ वर्षका लागि ११.९९ प्रतिशत र ५ देखि १० वर्षका लागि १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
प्रतिक्रिया