युनिलिभर नेपालको नाफामा भारी गिरावट, लाभांश क्षमता कति ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पुस मसान्तसम्म युनिलिभर नेपाल लिमिटेडले रु. १३ करोड १५ लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको भन्दा भने कम हो । गत आवको सोही अवधीमा कम्पनीले रु. २३ करोड ७५ लाख कुद नाफा कमाएको थियो ।
बिशेषगरि कोरोना कारण कम्पनीको व्यवसाय प्रभावित भएपछि नाफा घटेको हो । 
समिक्षा अवधीमा कम्पनीको आम्दानी पनि घटेको छ । गत आवको ६ महिनामा कम्पनीले १ अर्ब ६० करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, अहिले १ अर्ब १९ करोड ३५ लाख आम्दानी गरेको छ । 
युनिलिभर नेपाली शेयर बजारमा सबैभन्दा धेरै शेयर मुल्य रहेको कम्पनी हो । साथै, यस कम्पनीले लाभांश पनि धेरै नै दिदैं आएको छ । 
हाल कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रहेको छ । वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (लाभांश क्षमता) १३७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा कम्पनीको प्रतिशेयर आम्दानी २५८ रहेको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया