काठमाडौं - मङ्सीर २४ गतेबाट स्टार्टअप आइडिया कल कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रममा सहभागि बन्न राष्ट्रिय योजना आयोगले आग्रह गरेको छ ।
सरकारले बैंक, बिक्तिय संस्था र निजि क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने निति लिएको उल्लेख गदैं अवशरको सहि सदुपयोग गर्न आग्रह गरेको छ ।
हालसम्म ४ सय जना युवाहरुले स्टार्टअप आइडिया कलमा प्रस्ताव पठाएको जानकारी गराउदैं माघ मसान्तसम्म आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियतपुर्ण कर्जाका लागि आयोजकहरुले सहजीकरण गर्ने जनाइएको छ ।
युवा उद्यमी प्रवद्र्धन कार्यक्रम अन्तगर्त बागमती प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई छ ।
प्रतिक्रिया