सगरमाथा इन्स्योरेन्सको नाफा ३३ प्रतिशतले बढ्यो,कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

गत आवको सोही अवधीको तुलना कम्पनीको खुद नाफा ३ करोड ८६ लाख अर्थात ३३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधीमा ११ करोड ६३ लाख रुपैंया बराबर कमाएको थियो ।
 
समीक्षा अवधीसम्म कम्पनीले १ अर्ब ८९ करोड ९० लाख रुपैंया बराबरको आम्दानी गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले १ अर्ब ६३ करोड ३ लाख रुपैंया बराबरको आम्दानी गरेको थियो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले १ अर्ब ३४ करोड ६९ लाख रुपैंया बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनीको कुल बीमा शुल्क संकलन १० करोड ७० लाख रुपैंया बराबरले बढी हो । गत आवको सोही अवधीसम्म कम्पनीले १ अर्ब २३ करोड ९८ लाख रुपैंया बराबरको कुल बीमा शुल्क संकलन गरेको छ । 

समीक्षा अवधीसम्म कम्पनीको चुक्ताँ पुँजी १ अर्ब १२ लाख रुपैंया बराबरको रहेको छ भने कम्पनीको जगेडा कोषमा ४३ करोड ५२ लाख रुपैंया बराबर रकम सञ्चित रहेको छ । 

समीक्षा अवधीसम्म कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ५२ करोड ६८ लाख रुपैंया बराबर रहेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रकम ४९ करोड ११ लाख रुपैंया बराबर रहेको थियो । यसैगरी कम्पनीको चालु आवको पुसमसान्तसम्म अल्पकालीन लगानी तथा कर्जा रकम २ अर्ब ७० करोड ९९ लाख रुपैंया बराबर रहेको थियो ।

समीक्षा अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु ३५.४१ रहेको छ । सोही अवधीसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रु.२४५.८९ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया