काठमाडौं- नेपाल बङ्गलादेश बैंकले एटिएम बिस्तारको क्रममा ललितपुर नगरपालिका ४,खोकनास्थित आफ्नो ८१औं एटिएम औपचारिक रुपमा उद्घाटन गरेको छ ।
एटिएमको औपचारिक उद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठद्धारा सम्पन्न भएको थियो ।
यस एटिएम सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
प्रतिक्रिया