हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आईतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया