२२ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद नाफा, खुद बीमाशुल्क १७ अर्ब माथि

५ बर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ  । 

उक्त विवरण अनुसार कम्पनीको खुद नाफा २२.४७ प्रतिशतले बढेको छ । 

गत आवको यसै अवधीमा ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समिक्षा अवधीमा  ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

त्यस्तै, यस अवधीमा कम्पनीको  खुद बीमाशुल्क १७ अर्ब नाघेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क १३ अर्ब ९१ करोड १० लाख रुपैयाँ रहेको थियो भने समिक्षा अवधीमा कम्पनीले १७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

पुस मसान्तसम्ममा १३ लाख ३५ हजार ४६७ बीमालेख कायम रहेको यस इन्स्योरेन्सले १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले २६ हजार ४८३ दाबीबापत ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अझै १ अर्ब २९ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

७ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ५ करोड ३४ लाख रुपैयाँ रहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया